वादी जिल्ला सर्लाही कविलासी न.पा. वडा नं. ०९ बस्ने बुधन महतोको नाती जिमदार महतोको छोरा उमेश कुमार महतो र प्रतिवादी जिल्ला धनुषा शहिद नगरपालिका वडा नं. ०७ बस्ने उतिमलाल साहको नातिनी लक्ष्मी नारायण साह को छोरी र बादीको श्रीमती पूजा कुमारी साह पति/पत्नी बिचको विवाद मुद्दामा यस न्यायिक समितिको मिति २०८०/११/१३ गतेको निर्णय अनुसार उपस्थित हुन तपाईको नाउमा सूचना जारी गरिएको छ | तपाईको यो सूचना कानूनको रित पुरयाई टाँस भएको मितिले बाटाका म्याद बाहेक २१ दिन भित्र यस न्यायिक समितिमा आफै उपस्थित हुन आउनु होला | म्याद भित्र न्यायिक समितिमा उपस्थित हुन नआए कानून बमोजिम हुनेछ |